नियम ५१
जिन्सी मालसामानको संरक्षण र सम्भार गर्ने उत्तरदायित्व
नियम ४६ र ४७ बमोजिम लगत खडा गरी राखिएको सरकारी जिन्सी मालसामान हानी नोक्सानी नहुने गरी संरक्षण गर्ने र तिनीहरूको राम्रो सम्भार गरी वा चालू अवस्थामा राख्ने उत्तरदायित्व सम्बन्धित कार्यालय प्रमुखको हुनेछ ।